दोस्रो रिभर साइड क्रिकेट फेष्टिबल माघ २५ मा
मकवानपुर क्रिकेट एकेडेमीको आयोजनामा मकवानपुरमा दोस्रो रिभर साइड क्रिकेट फेष्टिबल–२०७६ हुने भएको छ ।
आईतबार पत्रकार सम्मेलन गर्दै माघ २५ गते एकेडेमीको आयोजनामा दोस्रो रिभर साइड क्रिकेट फेष्टिबल–२०७६ हुन लागेको जानकारी गराइएको हो । प्रतियोगिता मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.१ सामरी पुलको खेल मैदानमा हुने बताएको हो ।
दुई समुहमा ५ ओभरको लिग चरणमा खेलाईने खेलमा ८ वटा टिमको सहभागिता रहने र प्रत्येक टिममा ८ जना खेलाडीले सहभागिता जनाउन सक्ने जनाइएको छ । आयोजकका अनुसार खेलाडिीको टिम विभाजन पछि टिमको अक्सन समेत हुनेछ जसमा टिमको फ्रेन्चाइज किनबेच हुने बताइएको छ । टिमको फ्रेन्चाइज किन्नका लागि न्युनतम २० हजार रुपैया लाग्ने बताइएको छ ।
क्रिकेट खेलमात्र नभई मनोरञ्जन पनि रहेको बताउदै आयोजकले खेल संगै वन भोज कार्यक्रम आयोजना गरीएको बताएका छन् ।
प्रत्येक खेलाडीबाट १ हजार ५ सय रुपैयाँ दर्ता शुल्क उठाएर सहभागीहरुबाट नै आठ टिम निर्माण गरीने आयोजकले जनाएको छ । प्रत्येक खेलाडीले खेलमा सहभागी भए पछि एक सेट ड्रेसको समेत व्यवस्था गरिएको आयोजकले बताएको छ ।
साढे २ लाख खर्चको अनुमान गरिएको उक्त प्रतियोगिताको विजेता ३० हजार र उप–विजेताले १५ हजार पुरस्कार पाउने छन् ।