ट्याक्टरबाट खसेर एक युवकको मृत्यु
ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– १८ बस्ने २८ वर्षीय वीरेन्द्र चौधरी रहेका छन् ।
धनगढीको घुर्राखोलाबाट बालुवा लिएर आउँदै गरेको से१त ५८०४ नम्बरको ट्र्याक्टरको ट्रलीबाट खसेर उनको टाउको र शरीरमा गम्भीर चोट लागेको थियो ।
गम्भीर घाइते उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।










