मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु
२१ चैत्र २०७६, शुक्रबार १८:३५
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मिथिला नगरपालिका-६ मगरटोलस्थित सडकमा दुर्घटना हु्रँदा मोटरसाइकल चालक धनौजी गाउँपालिका–५ का २६ वर्षीय अजयकुमार मण्डलको मृत्यु भएको हो ।
मण्डलले चलाएको प्रदेश ०२/००२ प १६५७ नम्बरको मोटरसाइकल बिहीबार राति अनियन्त्रित भइ विद्युतको पोलमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका मण्डलको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।










