बागलुङकी महिलाको कोरोना पुन: परिक्षणको रिपोर्ट नेगेटिभ

बागलुङकी महिलाको कोरोना संक्रमणको पुन: परिक्षणको रिपोर्टमा कोरोना नेगेटिभ आएको छ । र्यापिड टेष्टका क्रममा कोरोना पोजेटिभ देखिएको ती महिलाको पोखरामा पुन: परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।
बागलुङमा र्यापिड टेस्टमा पोजेटिभ देखिएको रिपोर्टलाई पोखरामा पुनःपरिक्षण गर्दा नेगेटिभ देखाएको छ ।
स्वास्थ निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोदविन्दु शर्माका अनुसार पुनःपरिक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको छ । उनले भने, पुनःपरिक्षणको लागि महिलाको स्वाब पोखरा ल्याइएको थियो । पुनःपरिक्षण गरेर हेर्दा उनको रिपोर्ट नेगेटिभ आएको छ ।
बागलुङमा यसअघि नै दुई जनामा कोरोना भाइरसका संक्रमित भेटिएका छन् । उनीहरुको अहिले उपचार भई रहेको छ । संक्रमित भनिएकी महिला केही समय अघि तिर्थ यात्रामा गएर आएकी थिइन ।










