मध्यरातमा ४.६ रेक्टरको भुकम्प
४ बैशाख २०७७, बिहीबार १३:४५
विश्वव्यापी रुपमा कोरोना भाईरसको सन्त्रास फैलिरहेको समयमा नेपालमा भूकम्प गएको छ । हिजो बुधबार राति १२ः५५ मा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
सोलुखुम्बुको आसपास केन्द्रबिन्दू भएर ४.७ रेक्टर स्केलको भुकम्प गएको हो ।
भूकम्पले स्थानीयलाई त्रसित बनाएको छ । यसको क्षतिबारे भने कुनै जानकारी आएको छैन ।










