कोरोनाबाट बेलायतमा गोरखा सैनिकको मृत्यु, मृत्यु हुने नेपालीको संख्या १३ पुग्यो
कोरोनाको संक्रमणबाट बेलायतमा थप एकजना पूर्व गोरखा सैनिकको मृत्यु भएको छ । यससँगै बेलायतमा मृत्यु हुने नेपालीको संख्या १३ पुगेको छ ।
पाल्पा घर भएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो । उनी लण्डनको न्यू माल्डेनमा बस्दै आएका थिए । पाल्पा स्थायी घर भएका थापा पछि बुटबल बसाइँ सरेका थिए ।
स्वासप्रश्वासमा कठिनाइ देखिएपछि उनलाई गत मंगलबार किङस्टन अस्पतालमा भर्ना गरिएको थियो ।
पहिलेदेखि पिसाबथैलीको र उच्चरक्तचाप समस्याको नियमित औषधि खाँदै आएका थापालाई ज्वरोसमेत देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।










