हेटौंडा उपमहानगरपालिकालाई पिपिई र स्वास्थ्य सामग्री सहयोग

हेटौंडा उपमहानगरपालिकालाई हिमालय मुटु नेपाल र शिद्धास्थली ग्रामिण सामुदायिक अस्पतालले पीपीइ सेटसहित स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ । हिमालय मुटु नेपालका अध्यक्ष डाक्टर अवन गौतम र अस्पतालका अध्यक्ष होमनाथ गौतमले हेटौंडा उपमहननगरपालिकाका प्रमुख श्री हरिबहादुर महतलाई स्वास्थ्यका सामाग्री हस्तान्तरण गरेको हो ।
उक्त दुई संस्थाले पीपीइ १० सेट, ग्लोव्स एक हजार थान, मास्क एक हजार २ सय थान, सावुन २ सय ८० थान, वढी वास ४४ थान, अस्पतालका लागि इमरजेन्सी किट, एप्रोन एक सय थान, गाउन १० वटा, चस्मा ८ वटा वुथ टेष्ट ४४ थान र वेटाडिन एक सय ४४ थान मेयर महतलाई हस्तान्तरण गरिएको थियो । यि सामाग्रीहरु हेटौंडाको आइसोलेसन, क्वारेन्टीनसंगै स्वास्थ्यकर्मीलाई प्रयोग गरिने जनाईएको छ ।










