पूर्वसचिव उपाध्यायविरुद्ध मुद्दा दर्ता

प्रहरीले पूर्वसचिव भीम उपाध्यायविरुद्ध मुद्दा दर्ता गराएको छ । प्रहरीले जिल्ला अदालत काठमाडौंमा उपाध्यायविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्धा दर्ता गराएको हो ।
प्रहरीले गत बुधबार उपाध्यायलाई ललितपुर कुसुन्तीस्थित निवासबाटै साइबर क्राइमको अभियोगमा पक्राउ गरेको थियो । उपाध्यायको बयान र थुन छेक बहस भोलि हुने जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।
जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले उनलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो ।










