नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५७ पुग्यो

हेटौडा न्युज
१७ बैशाख २०७७, बुधबार १९:५७
;

नेपालमा थप एक जना कोरोना संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार वीरगन्जका एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो । 

यसअघि बुधबार नै एकैदिन तीन जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

तीन मध्ये दुई जना बारा र एक जना वीरगन्जका छन्। पुष्टि भएका संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी बताइएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ भने १६ जना निको भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*