राहतमा विभेद गरेको भन्दै स्थानीयद्वारा वडा कार्यालय घेराऊ 

हेटौडा न्युज
२० बैशाख २०७७, शनिबार २०:२३
;

वडा अध्यक्षले राहत वितरनमा विभेद गरेको भन्दै आज शनिवार स्थानीयले वडा कार्यालय  घेराउ गर्दै वडा अध्यक्ष विरुद्ध चर्को नाराबाजी गरेका छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालय स्थानीयहरुले घेराऊ गरेका हुन् । 

अहिले वडा कार्यालयलाई जनपद प्रहरी र सशस्त्र प्रहरीले वडा कार्यालयसहित अध्यक्षलाई सुरक्षा दिएका छन ।

गरीब तथा विपन्नलाई छोडेर राहत वितरण गरिएको स्थानीयको आरोप छ भने, आफ्नो विरुद्ध विपक्षीले बदनाम गर्न मित्थ्या आरोप लगाएको वडा अध्यक्ष पुण्य प्रताप यादवले बताउँदै आएका छन् ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*