रुखबाट लडेर १३ वर्षीय बालकको मृत्यु

हेटौडा न्युज
२५ बैशाख २०७७, बिहीबार १६:५०
;

आँपको रुखबाट लडेर १३ वर्षीय बालकको मृत्यु भएको छ ।  विराटनगर महानगरपालिका–१७ का मन्सुर मियाँका १३ वर्षीय छोरा मोहम्मद इरफानको लडेर मृत्यु भएको हो । 

बुधबार साँझ आँप टिप्न भनेर रुखमा चढेका इरफान लडेर बेहोस भएको अवस्थामा स्थानीय बासिन्दाले आँपको फेदमा भेटाएका थिए । 

उपचारका लागि कोसी अस्पताल ल्याउने क्रममा बालकको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*