भारत विरुद्ध हेटौंडामा राँके जुलुस (भिडियो सहित)

हेटौडा न्युज
३० बैशाख २०७७, मंगलवार ०१:१२
;

भारतले एकतर्फी रुपमा नेपालको भूमि माथि सडक निर्माण गरेको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी निकट यूवा संगठनले आज हेटौंडामा राँके जुलु सहितको विरोध प्रर्दशन गरेको छ । संगठनका बागमती प्रदेशका संयोजक दामोदर वाग्लेको नेतृत्वमा विरोध प्रदर्शन भएको हो । 

नेपालको मातृभूमि माथिको नाङ्गो हस्तक्षेप भएकोले आफूहरुले त्यसको विरोध गरेको संगठनका हेटौंडा नगर अध्यक्ष भृगु कार्कीले बताएका छन् । 

कान्तिराजपथबाट शुरु भएको राँके जुलुस बुद्ध चौकमा गएर समापन भएको थियो । विरोधको क्रममा बालिएको आगोलाई नेपाल प्रहरीले निभाएको थियो । 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*