दुई पत्रकारलाई पनि कोरोना संक्रमणको पुष्टि
पर्सामा दुई पत्रकारलाई कोरोना संक्रमण भएको छ । मङ्गलबार पर्सामा फेला परेका ३९ जना कोरोना संक्रमित मध्ये दुई जना पत्रकार पनि रहेका छन् ।
पर्सा जिल्लामा क्रियाशील ती पत्रकारले रिपोर्टिङका क्रममा शंका लागेर नमुना परीक्षण गराएका उनीहरुलाई मंगलबार कोरोना संक्रमण भएको पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।
आज थप ५७ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको र उनीहरु सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।










