वैदेशिक रोजगारमा गएकालाई नेपाल सरकारले तत्काल नफर्काउने
१ जेष्ठ २०७७, बिहीबार ००:२३
रोजगारको शिलशिलामा बाहिरिएकाहरुलाई नेपाल सरकारले तत्काल नफर्काउने भएको छ ।
बुधबार प्रतिनीधिसभा बैठकमा बजेटको प्राथमिकता र सिद्धान्तको विषयमा उठेको सवालको जवाफ दिँदै अर्थमन्त्री युवराज खतिवडाले अहिले संक्रमणबाट जोगिन सीमा रक्षा गर्नुपर्ने समयमा मान्छे लाने र ल्याउने काम नगर्ने बताएका छन् ।
खतिवडाका अनुसार सरकारले नै अहिले जो जो जहाँ छन् त्यहीँ सहज बसोबासका लागि सम्बन्धित देशको प्रमुखसँग बारम्बार आह्वान गरेको छ ।










