हेटौंडाको दोस्रो भूगर्भ सिमेन्ट शहीद स्मृति फुटबल प्रतियोगिता
चैत्र ८ । हेटौंडामा हिजो चैत्र ७ गतेबाट भईरहेको दोस्रो भूगर्भ सिमेन्ट शहीद स्मृति फुटबल प्रतियोगिताको आज भएको खेलमा सशस्त्र प्रहरीको (एपीएफ) क्लब अन्तिम क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
हेटौंडाको वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा जारी प्रतियोगिताको आज शुक्रबारको खेलमा हिमालयन शेर्पा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै एपीएफ विजयी भएको हो । एपीएफको तर्फबाट एपीएफका हरि कार्कीले खेलको पहिलो हाफको ३९ औं मिनेटमा गोल गरेका थिए ।
अब एपीएफले विदेशी टोली दाफिन्सको सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत भोलि शनिबार नेपाल पुलिस क्लब र च्यासल युथ क्लब बीच खेल हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भईरहेको प्रतियोगितामा दश टोलीको सहभागिता रहेको छ । यस प्रतियोगिताको फाइनल आगामी चैत १६ गते हुनेछ ।