क्यामरुनी क्लब दाफिन्ससँग सशस्त्रको एपीएफको हार ।

हेटौडा न्युज
११ चैत्र २०७५, सोमबार ०२:३७
;

चैत्र १० । दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को सेमिफाइनलमा क्यामरुनी क्लब दाफिन्स प्रवेश गरेको छ । हेटौंडामा आयोजना भईरहेको दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को आजको खेलमा सशस्त्र प्रहरी बलको एपीएफलाई १–० गोल अन्तरले दाफिन्स क्लब प्रतियोगिताको अन्तिम चारमा स्थानमा आफूलाई सुरक्षित गरेको हो । दाफिन्सका यानिक ओवानाले खेलको ७९ औं मिनेटमा गोल गरेका थिए ।  उनी खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद दशहजार रुपियाँ प्राप्त गरेका छन् ।
    अब हुने सेमिफाइनलमा दाफिन्सले थ्रीस्टार क्लब र सरस्वती युथ क्लब बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गतको भोलि सोमबारको  खेलमा नेपाल पुलिस क्लब र फ्रेण्डस क्लब बीच खेल हुनेछ । प्रतियोगिताको विजेताले नगद आठलाख रुपियाँ र उपविजेताले नगद चारलाख रुपियाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा दशवटा टोलीको सहभागिता रहेको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published.


*