सागमा हालसम्म नेपाललाई पाँच स्वर्ण

दशरथ रंगशालामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले हालसम्म पाँच स्वर्ण पदक जितेको छ । नेपालले करातेको महिला टिमको कातातर्फ फाइनलमा पाकिस्तानलाई पराजित गर्दै स्वर्ण पदक जितको हो ।
त्यस्तै मन्डेकाजी श्रेष्ठले पुरुष एकल कातामा स्वर्ण जितेका छन् भने तेक्वान्दो पुम्सेतर्फ भएको १७ देखि २३ वर्ष उमेर समुहको खेलमा सिना लिम्बु मादेनले थप एक स्वर्ण पदक जितेकी हुन् ।
तेक्वान्दोमा कमल श्रेष्ठ र ट्रायथलनमा सोनी गुरुङले स्वर्ण जित्दा नेपालको स्वर्ण पदकको संख्या ५ पुगेको छ ।
त्यस्तै करातेतर्फ महिला एकल कातामा चञ्चल दनुवारले नेपालका लागि रजत पदक दिलाएकी छन् । तेक्वान्दोतर्फ पुम्से खेलमा १७ वर्षीय कृष्ण बहादुर तमाङले रजत पदक जितेका छन् । त्यसैगरी पहिलोपटक समावेश गरिएको खेल ट्रायथलनमा पुरुषतर्फ वसन्त खवासले कास्य जितेका छन् ।