साइक्लिङमा नेपालले जित्यो २ स्वर्ण सहित ५ पदक
जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङ डाउनहिलमा नेपालले दुई स्वर्ण सहित ५ पदक जितेको छ । नेपालले साइक्लिङ डाउनहिल पुरुषतर्फ स्वर्ण सहित तीन र महिलातर्फ स्वर्ण सहित दुई पदक जितेको हो ।
बुधबार गोकर्णमा भएको प्रतिस्पर्धामा पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण पदक जितेका हुन् । नेपालले पुरुषतर्फ शीर्ष तीन स्थान र महिलातर्फ दोस्रो स्थान पनि नेपालले नै हात पार्यो ।
दक्षिण एसियाली खेलकुदमा साइक्लिङमा नेपालले पहिलो पटक स्वर्ण पदक जितेको हो । यो सँगै नेपालको स्वर्ण पदक संख्या २७ पुगेको छ ।