सागको पुरुष क्रिकेटतर्फ नेपाललाई काश्य पदक
नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष क्रिकेटतर्फ नेपालले काश्य पदक जितेको छ । सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा माल्दिभ्स विरुद्दको खेलमा माल्दिभ्सलाई ५ विकटेले पराजित गर्दै नेपालले काश्य पदक हात पारेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले निर्र्धािरत २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो । माल्दिभ्सका लागि लेम शफीगले १९ रन बनाए भने मोहम्मद रिशवनले १७ रन जोडे ।
९६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । नेपालका लागि आरिफ शेखले ३२ र कप्तान ज्ञानेन्द्र मल्लले २२ रन, विनोद भण्डारी १२ रनमा आउट भए । नेपालका ललितनारायण राजवंशीले ३ विकेट लिए ।
साग क्रिकेटमा नेपालले काश्य पदक जितेको यो पहिलो पटक हो । महिला क्रिकेटमा पनि नेपालले काश्य नै जितेको छ । पुरुषतर्फको क्रिकेट प्रतियोगिताको स्वर्णको लागि सोमबार नै श्रीलंका र बंगलादेश खेल्ने छन् ।