१३ औं दक्षिण एसियाली खेलुकद (साग)को आज समापन, पुरुष फुटबलको फाइनल खेल आज
१३ औं दक्षिण एसियाली खेलुकद (साग)को आज समापन गरीदैछ । मंसिर १५ बाट सुरु भएको साग आज दशौं दिन हो । १३ औं सागअन्तर्गत आज विभिन्न खेलका फाइनल खेल संगै पुरुष फुटबलको फाइनल खेल पनि हुनेछ ।
दशरथ रंगशालमा हुने फाइनल खेल दिउँसो ३ बजे सुरु हुनेछ । जसमा नेपाल यू–२३ र भुटान यू–२३ टिम स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् । भुटान सागमा पहिलो पटक स्वर्ण जित्ने दाउमा रहेको छ भने नेपाल आफ्नो इतिहास दोहोर्याउने पक्षमा छ ।
उता बास्केटबलतर्फ पुरुष र महिलाको फाइनल खेल हुनेछ । महिलातर्फ ऐतिहासिक रजत पक्का गरिसकेको नेपालको महिला बास्केटबल टिमले फाइनलमा भारतसँग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकद परिषदको कभर्डहलमा खेल्नेछ ।
जुडोतर्फ पनि आज अन्तिम स्वर्णका लागि टिम इभेन्टको खेल हुनेछ भने बक्सिङतर्फ ८ स्वर्णका लागि आज फाइनल खेल हुदैछ ।
पदक तालिकामा भारत सबै भन्दा अगाडि छ । अहिलेसम्म भारतले सर्वा्धिक १५९ स्वर्ण जितेको छ । ४९ स्वर्ण जितेको नेपाल भने दोस्रो स्थानमा छ ।