प्रधानसेनापति महिला अन्तर्राष्ट्रिय फुटबलको उपाधि एपिएफलाई

हेटौडा न्युज
९ पुष २०७६, बुधबार २२:१०
;

प्रधानसेनापति महिला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि फेरि पनि एपीएफले प्राप्त गरेको छ । फाइनलमा त्रिभुवन आर्मीलाई दुई-शून्यले हराउँदै एपीएफले उपाधि जित्न सफल भएको हो ।

भद्रकालीस्थित आर्मीको मुख्यालयको मैदानमा भएको खेलमा एपीएफको जितमा सरु लिम्बू र रेखा पौडेलले एक/एक गोल गरे । 
उपाधिसँगै एपीएफले तीन लाख रुपैयाँ पाएको छ दोस्रो भएको आर्मीले एक लाख ५० हजारमा चित्त बुझाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*