सर्वाधिक विकेट लिने खेलाडीको छैटौँ स्थानमा सन्दीप

हेटौडा न्युज
६ माघ २०७६, सोमबार २२:२६
;

नेपाली लेग स्पिनर सन्दीप लामिछाने अस्ट्रेलियामा जारी विग ब्यास लिगमा सर्वाधिक विकेट लिने खेलाडीको छैटौं स्थानमा उक्लिएका छन् । दशौं स्थानमा रहेका सन्दीपले सोमबार सिड्नीविरुद्ध २ विकेट लिएपछि एकै पटक छैटौं स्थानमा उक्लिएका हुन् ।

१२ मध्ये अहिले सम्म एक खेलमा मात्रै बाहिर बसेका सन्दीपले विकेट संख्या १४ पुर्‍याएका छन् । सन्दीपले अहिलेसम्म ३८ ओभर बलिङ गर्दा १ ओभर मेडन राख्दै २९५ रन खर्चिएका छन् । उनको इकोनोमी रेट ७.७६ रहेको छ ।

सन्दीप भन्दामाथि पर्थ स्कोर्चसका जे रिचर्डसन रहेका छन् । उनले पनि समान १४ विकेट लिए पनि इकोनोमी रेट ७.१९ रहेको छ । जारी लिगमा सर्वाधिक विकेट लिने खेलाडीमा सिड्नी थन्डरका डेनियल साम्स हुन् । उनले ११ खेलमा २० विकेट लिएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*