हेटौंडा रनको पुरुष तर्फको उपाधि यादव र महिला तर्फको श्रेष्ठलाई (फोटो फिचर)

हेटौडा न्युज
२५ माघ २०७६, शनिबार २२:१३
;

प्रथम हेटौंडा रनको पुरुष तर्फ १० कि.मि. दौडको उपाधि ए.पि. एफ. का अजिकुमार यादव र महिला तर्फ ५ कि.मि. दौडको उपाधि बागमती प्रदेशकी सन्तोषि श्रेष्ठले जितेका छन् ।

""

शनिबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेशको आयोजना तथा पर्वतीय खेलकुद महासंघ बागमती प्रदेशको संयोजनमा भएको कार्यक्रममा पुरुष तर्फको १० कि.मि. दौडमा धावक यादवले ३१ मिनेट ६ सेकेण्डमा पार गरेका थिए भने महिला तर्फको ५ कि.मि दौडमा धावक श्रेष्ठले १८ मिनेट १० सेकेण्डा पार गर्दै उपाधि हात पारेका थिए ।

""

पुरुष तर्फको प्रतियोगितामा नेपाली सेनाका टंक कार्की दोस्रो, ए. पि. एफ का गणेश सिंह ठकुरी तेस्रो, नेपाली सेना का शिव रायमाझी चौथो र जिवन लामाले पाँचौ स्थान हात परे । 

""

महिला तर्फको प्रतियोगितामा नेपाल प्रहरीकी राजपुरा पछाइ दोस्रो, नेपाली सेनाकी सरस्वती भट्टराई तेस्रो, नेपाल प्रहरीकी बिर्सना कुमाल चौथो र बागमती प्रदेशकी जुनेली सुनारले पाँचौ स्थान हात पारे । 

""

भ्रमण वर्ष २०२० लाई प्रवद्धन गर्ने उद्देश्यका साथ आयोजना गरीएको उक्त प्रतियोगितामा पुरुष तर्फ दश कि.मि. दौडमा ४ सय ७५ जना, महिला तर्फ ५ कि.मि. दौडमा ३ सय ९५ जना तथा सहभागिता मुलक ३ कि.मि. (फन रन) मा ४ हजार ७ सय भन्दा बढि जनाको सहभागीता रहेका थिए ।

""

दर्शकसहित करीब ५ हजार जनाको उपस्थिती रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद रु.५० हजार, दोस्रो र तेस्रो हुनेले क्रमश नगद रु. ३० हजार र रु.२० हजार सन्त्वना पुरस्कार तर्फ नगद रु.१० हजार र रु. ५ हजार नगद सहित प्रमाण पत्र, मेडल तथा शिल्ड प्राप्त गरेका थिए ।

""

""

""

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*