अमेरिकामाथि नेपालको सानदार जीत
विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले सानदार जित हासिल गरेको छ । त्रिकोणात्मक शृङ्खला अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकामाथि जित हासिल गरेको हो ।
कीर्तिपरस्थित त्रिभुवन विश्वविद्यालय खेल मैदानमा नेपालले अमेरिकालाई ३५ रनले हराएको हो । टस हारेर ब्याटिङ पाएको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनाएको थियो । १९१ रनको लक्ष्य बोकेर मैदानमा आएको अमेरिकाले ४४.१ ओभरमा सबै विकेट गुमाउँदै १५५ रन मात्रै बनाउन सक्यो ।
नेपाललाई जीत दिलाउन ब्याटिङमा कुशल मल्ल र विनोद भण्डारीको अर्धशतकले मुख्य योगदान गर्यो भने बलिङतर्फ करण केसी, सुसन भारी, सन्दिप लामिछाने र कुशल मल्लले उत्कृष्ट खेले ।
ओडीआई क्रिकेटको डेब्यु खेलमा अर्धसतक बनाएका मल्लले अर्धशतक बनाउने विश्वकै कान्छो क्रिकेटरको कीर्तिमान समेत बनाएका छन् ।