त्रि.वि. शिक्षण अस्पतालमा चौथोपटक कलेजो प्रत्यारोपण सफल, २७ वर्षीया छोरीले दिइन् बुवालाई कलेजो

हेटौडा न्युज
२६ माघ २०७६, आईतवार १७:४८
;

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा चौथोपटक कलेजो प्रत्यारोपण सफल गरेको छ । काठमाण्डौंको बौद्धका ५७ वर्षीय बुबालाई २७ वर्षकी छोरीको कलेजो प्रत्यारोपण गरिएको हो ।  

झण्डै नौ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको कलेजो प्याङक्रियाज तथा ग्यास्ट्रो इन्टेस्टटाइनल सर्जन डाक्टर रमेशसिंह भण्डारीले जनाएको छ । अहिले बाबुछोरीकै स्वास्थ्य अवस्था स्थिर रहेको भण्डारीले बताए । डाक्टर भण्डारीकै नेतृत्वको टीमले गएको जेठ १८ गते त्रि.वि. शिक्षण अस्पतालमा पहिलोपटक कलेजो प्रत्यारोपण गरेको थियो।

यस्तै साउन ३ गते दोश्रो र कात्तिक १ गते तेश्रोपटक कलेजो प्रत्यारोपण गरिएको थियो । भण्डारीका अनुसार त्रि.वि. शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणको लागि झण्डै तीन महिनामा पालो आउने र झण्डै २५ लाख रुपैयाँमा प्रत्यारोपण सकिन्छ । 

यसअघि भक्तपुरमा रहेको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा कलेजोको सफल प्रत्यारोपण भए पनि त्यसले निरन्तरता पाउन सकेन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*