बागमतीमा जारी गोल्ड कपको फाईनलमा जावलाखेल
बागमती गाउँपालिकाको फापरबारीमा जारी तेश्रो बागमती गोल्ड कपको फाईनलमा जावलाखेल युवा क्लब पुगेको छ । आज भएको खेलमा संकटा युवा क्लब काठमाडौंलाई शुन्यका विरुद्ध २ गोलले पराजित गर्दै जाउलाखेल युवा क्लब गोल्डकपको फाईनलमा प्रवेश गरेको हो ।
आजको खेलमा जावलाखेलका अदामादुम्बीअले खेलको ३२ औँ मिनेटमा र दोस्रो हाफको ८७ औँ मिनेटमा बिमल घिसिङले १–१ गोल गरेका थिए ।
आजको खेलमा जावलाखेलका अदामादुम्बीअ म्यान अफ दी म्याच घोषित भएका छन् ।
प्रतियोगिताको विजेताले ६ लाख रुपैया, उपविजेताले ३ लाख रुपैया तथा शिल्ड र मेडल पाउने छन् । बागमती गोल्ड कपको फाईनल खेल फागुन ११ गते हुनेछ ।