भारतमा एकैदिन ३७ हजारबढी कोरोना संक्रमित थपिए
काठमाडौं । भारतमा एकैदिन ३७ हजारबढी कोरोना भाइरस संक्रमीत थपिएका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार १ सय ४८ जना कोरोना भाइरस संक्रमित थपिएको सरकारी अधिकारीहरुले जानकारी दिए ।
केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ५ सय ८७ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ।
यससँगै कोरोनाको कारण मृत्यु हुनेको संख्या २८ हजार ८४ पुगेको छ ।
योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या ११ लाख ५५ हजार १९१ पुगेको अधिकारीहरुले जनाएका छन्।









