उत्तर कोरियामा मास्क नलगाएमा तीन महिना श्रम कैद

हेटौडा न्युज
९ श्रावण २०७७, शुक्रबार १४:५१
;

काठमाडौं । उत्तर कोरियाले मास्क लगाउन अनिवार्य गरेको छ । कठोर कानुन भएको उत्तर कोरियाले मास्क नलगाएमा तीन महिना श्रम कैद सजाय तोकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् ।

यदि कोही मास्क नलगाइ सार्वजनिक ठाउँमा निस्किएमा उसलाई पक्राउ गरेर तीन महिना श्रम कैद राख्ने व्यवस्था गरेको डेलीमेलले जनाएको छ । मास्क लगाए÷नलगाएको हेर्नको लागि विद्यार्थीहरुको टोली खटाउने तयारी थालेको पनि खबरमा उल्लेख छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार उत्तर कोरियामा अहिलेसम्म नौ सय २२ जनाको परीक्षण गरिएकोमा कसैमा पनि सङ्क्रमण देखिएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*