रक्सी नपाएर स्यानिटाइजर पिउँदा १० जनाको मृत्यु

हेटौडा न्युज
१६ श्रावण २०७७, शुक्रबार १५:४७
;

काठमाडौं । रक्सी नपाएर स्यानिटाइजर पिउँदा १० जनाको मृत्यु भएको छ ।

भारतको आन्ध्र प्रदेशको प्रकाशम जिल्लामा रक्सी नपाएपछि २० जनाभन्दा बढीले स्यानिटाइजर पिएको बनाइएको छ ।

स्यानिटाइजर पिएका कारण बुधबार १ जना, बिहीबार ३ जना र शुक्रबार थप ६ जना गरी ९ जनाको मृत्यु भएको हो । सो घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रहरीले मृत्यु हुनेमा २५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिहरु रहेको जनाएको छ ।

देशव्यापी लकडाउनपछि ५० दिनसम्म भारतमा रक्सी पसल बन्द गरिएका थिए । आन्ध्र प्रदेश सरकारले गत ४ मेमा रक्सी पसल खुला गरेको थियो । तर कोरोना संक्रमणदर बढेपछि १० दिनअघि पुनः लकडाउनमा कडाइ गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*