भारतमा एकैदिन झण्डै ६७ हजार कोरोना संक्रमित थपिए

हेटौडा न्युज
२९ श्रावण २०७७, बिहीबार १३:२९
;

काठमाडौं । भारतमा एकै दिन झण्डै ६७ हजार कोरोना संक्रमित थपिएका छन् ।
भारतीय सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६६ हजार ९ सय ९९ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा ९ सय ४२ जनाको कोरोनाकै कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सँगै भारतका कोरोनाका कारण मृत्यु हुृनेको संख्या ४७ हजार ३३ पुगेको छ ।

त्यसैगरी भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या २३ लाख ९६ हजार ६ सय ३८ पुगेको अधिकारीहरुले जनाएका छन् । तीमध्ये छ लाख ५३ हजार ६२२ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने १६ लाख ९५ हजार ९ सय ८२ जना सङ्क्रमणमुक्त भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*