भारतले कश्मीरबाट १० हजार सैनिक फिर्ता बोलाउने
काठमाडौं । भारतले कश्मीरबाट १० हजार सैनिक फिर्ता बोलाउने निर्णय गरेको छ । गत वर्ष भारत प्रशासित कश्मीरको विशेष अधिकार दिने अनुच्छेद ३७० हटाएको भारतले त्यहाँ रहेका १० हजार सैनिक फिर्ता बोलाउने निर्णय गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
उनीहरुलाई जम्मू कश्मीरबाट फिर्ता बोलाएर सम्बन्धीत ठाउँमा पठाउन केन्द्रिय गृह मन्त्रालयले आदेश दिएको हो ।
कश्मीरमा लगातार चरमपन्थी हमला, इन्काउन्टर र राजनीतिक कार्यकर्ताको हत्या भैरहेका बेला यस्तो आदेश आएको हो ।










