पब्जी प्रतिबन्ध भएपछि भारतमा फौजी गेम आउँदै !
काठमाडौं । भारतमा पब्जी प्रतिबन्ध भएको दोस्रो दिन एनकोर गेम्स नामक गेम निर्माता कम्पनीले नयाँ गेम ‘फौजी’ चाँडै ल्याउने घोषणा गरेको छ ।
फौजी नामको यो एप बलिउड नायक अक्षय कुमारको मेन्टरसिपमा बन्ने छ, जुन एक मल्टीप्लेयर एक्सन गेम हुनेछ ।
यो गेम प्रधानमन्त्री नरेन्द्र मोदीको आत्मनिर्भर एपलाई समर्थन गर्दै आउन लागेको जनाइएको छ । जसको कमाईको २० प्रतिशत भारतको वीर ट्रस्टमा जाने बताइएको छ ।
यो गेमबारे धेरै जानकारी आइसकेको छैन । तर टिजरलाई आधार मान्दा यो गेम पनि पब्जीजस्तै प्लेयर भर्सेस मल्टीप्लेयर सुटर गेम हो ।
एजेन्सी










