केटा नपाएपछि विवाहका लागि युवतीहरुको सामूहिक अपील
ब्राजिलमा विवाहका लागि केटा नपाएपछि युवतीहरुले सामूहिक रुपमा अपील गरेका छन् । उमेर ढल्कँदै जान थालेपछि चिन्तित बनेका ब्राजिलको नोइभा डो कोर्डेरियो सहरका युवतीहरुले विवाहका लागि सामूहिक अपील गरेका हुन् । उक्त सहरमा एक जना पनि अविवाहित पुरुष छैनन् भने सोही सहरमा ६ सय जना अविवाहित महिला छन् ।
अविवाहित युवतीमध्ये अधिकांश ३५ वर्ष मुनीका रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ती युवतीहरुले अविवाहित केटाहरुलाई आफूसँग वैवाहिक सम्बन्ध गाँस्न अनुरोध गरेका हुन् । एजेन्सी










