कोरोनाको कारण अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ३ सय २१ को  मृत्यु 

हेटौडा न्युज
२२ चैत्र २०७६, शनिबार १७:३२
;

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ३ सय २० जनाको मृत्यु भएको छ । यो सँगै अमेरिकामा कोरोनाको कारण मृत्यु हुनेको संख्या ७ हजार ३ सय ९१ पुगेको छ ।

अमेरिकामा एकैदिन ३२ हजार ०८८ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ९६५ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १२ हजार २८३ जना उपचारपछि निको भएका छन् । ५ हजार ७८७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने २ लाख ५७ हजार २९१ जना उपचाररत छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*