कोरोनाको संक्रमणबाट अमेरिकामा एकैदिन १ हजार ४८ जनाको मृत्यु
कोरोनाभाइरसको संक्रमणका कारण अमेरिकामा एकैदिनमा १ हजार ४८ को मृत्यु भएको छ । यससँगै यहाँ हालसम्म ८ हजार ४ सय ५२ जनाले ज्यान गुमाइसकेका छन् ।
वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ३४ हजार १ सय ९६ जना संक्रमित पाइएका छन् । यहाँ हालसम्म संक्रमितको कूल संख्या ३ लाख ११ हजार ३ सय ५७ पुगिसकेको छ जसमध्ये ८ हजार २ सय ६ जनाको स्थिती गम्भीर छ ।
हालसम्म १४ हजार ७ सय ४१ जना संक्रमित निको भएर घरसमेत फर्किसकेका छन् । एजेन्सी










