भारतीय राज्य ओडिसाले लकडाउन लम्ब्यायो

भारतीय राज्य ओडिसाले लकडाउन लम्ब्याएको छ । ओडिसा सरकारले अब ३० अप्रिलसम्म राज्य लकडाउन गर्ने घोषणा गरेको हो ।
भारतमा अहिले कोरोना भाइरस संक्रमणको रोकथामका लागि लकडाउन आह्वान गरिएको छ । यहीबीच भारतमा अब लकडाउन लम्ब्याउने वा नलम्ब्याउने भन्ने विषयमा चर्चा सुरु भएको छ ।
पूरै भारतमा लकडाउन लम्बिन सक्ने तर्कहरु आइरहँदा भारतीय राज्य ओडिसाले चाहिँ लकडाउनको अवधि थप गर्ने फैसला गरेको हो । लकडाउन लम्ब्याउने फैसला गर्ने ओडिसा भारतको पहिलो राज्य बनेको छ ।
ओडिसाका मुख्यमन्त्री नवीन पटनायकले लकडाउन लम्याउने निर्णयबारे जानकारी दिएका हुन् । यसका साथसाथै राज्य सरकारले केन्द्रमा यो अवधिमा रेल तथा विमान सेवाहरु पनि पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । तर स्कुलहरु चाहिँ १७ जुनसम्म बन्द हुने भएका छन् ।










