अमेरिकामा एकैदिन २ हजार बढीको मृत्यु, संक्रमितको संख्या ५ लाख बढी
२९ चैत्र २०७६, शनिबार १२:५५
कोरोना भाईरसको संक्रमणबाट अमेरिकामा एकैदिन २ हजार ४३ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १८ हजार ७ सय २५ पुगेको छ ।
वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ३३ हजार ७ सय ५२ संक्रमित भेटिएका छन् । यससँगै हालसम्म कूल संक्रमितको संख्या ५ लाख २ हजार ३ सय १८ पुगेको छ ।
संक्रमितमध्ये १० हजार ९ सय १७ जनाको स्थिती निकै गम्भीर छ भने २७ हजार ३ सय १४ जना संक्रमित निको भएका छन् ।एजेन्सी










