कोरोनाको कारण भारतमा २ सय ८८ को मृत्यु , संक्रमित ८ हजार ४ सय बढी

हेटौडा न्युज
३० चैत्र २०७६, आईतवार १३:१२
;

भारतमा पछिल्लो २४ घण्टामा ३९ जनाको मृत्यु भएको छ । यससँगै मत्यु हुनेको संख्या २  सय ८८ पुगेको छ । भारतमा एकैदिन ८ सय ४६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८ हजार ४४६ पुगेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा संक्रमितमध्ये ९६९ जना उपचारपछि निको भएका छन् । ७ हजार १८९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*