खानेकुराको अभाव भएपछि पाँच बच्चालाई गंगामा बगाइदिइन्

हेटौडा न्युज
३० चैत्र २०७६, आईतवार २३:४४
;

भारतको उत्तरप्रदेशस्थित भदोही जिल्लाकी एक महिलाले आफ्ना पाँच सन्तान नदीमा बगाइदिएकी छन्।

उनले शनिबार राति पाँच सन्तानलाई गंगा नदीमा बगाइदिएको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक राम बदन सिंहका अनुसार मञ्जु यादव र उनका पति मृदुल यादव निरन्तर झगडा गरिरहन्थे।

शनिबार राति मञ्जुले छोराछोरीहरु आरती, सरस्वती, मातेश्वरी, शिवशंकर र केशव प्रसादलाई नदीमा बगाइदिएको उनले बताए।

मञ्जुलाई पक्राउ गरिएको र बालबालिकाको खोजी भइरहेको प्रहरीको भनाइ छ।

स्रोतलाई उल्लेख गर्दै समाचार एजेन्सी आईएएनएसले जनाएअनुसार सो परिवार ज्याला मजदुरीमा निर्भर थियो।

पछिल्लो समय लकडाउनका कारण आफू र बालबच्चाले खान नपाएको मञ्जुले बताएकी थिइन्। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*