कोरोनाको कारण १ लाख १९ हजारबढीको मृत्यु, १९ लाख बढी संक्रमित 

हेटौडा न्युज
२ बैशाख २०७७, मंगलवार १३:११
;

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको सख्या १ लाख १९ हजार नाघेको छ । सबैभन्दा बढी अमेरिकामा २३ हजार ६ सय १८ जनाको मृत्यु भएको छ ।

इटालीमा २० हजार ४ सय  ६५ जनाको मृत्यु भएको छ भने स्पेनमा १७ हजार ७ सय ५६ जनाको मृत्यु भईसकेको छ । 

फ्रान्समा १४ हजार ९६७ र बेलायतमा ११ हजार ३२९ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

गत डिसेम्बर अन्तिम साता चीनको वुहानमा पहिलो संक्रमण देखिएयता विश्वभर १९ लाखभन्दा बढी मानिसलाई कोरोना लागेको छ र यो संख्या बढ्दो क्रममा छ ।

यसैबीच, विश्व स्वास्थ्य संगठन ९डब्लुएचओले० ले भ्याक्सिनको विकास गर्न नसकिएसम्म कोरोना भाइरस नियन्त्रणमा आउन नसक्ने बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*