नौसैनिक जहाजमै कोरोनाको संक्रमण भएपछि एक सैनिकको मृत्यु, ५ सय ८५ जना संक्रमित
एक अमेरिकी नौसैनिकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । उनी कोरोनाका कारण मृत्यु हुने पहिलो सक्रिय अमेरिकी सेवा सदस्य हुन्।
आफ्नो क्वार्टरमा लापरवाही साथ बसेका उनमा स्वास्थ्य समस्या देखिएपछि अप्रिल ९ मा आइसियूमा भर्ना गरिएको थियो । ठिक १४ दिन अगाडि मार्च ३० मा उनलाई कोरोना भएको पुष्टि भएको थियो।
‘युद्ध, शान्ति र अहिले कोभिड १९ को अपरिचित महामारीको समयमा समेत राष्ट्र सेवामा खटेका हाम्रा नाविक र मरिनरहरुको समर्पण र प्रतिबद्धताबारे म परिचित छु,’ कार्यवाहक नौसेना सचिव जेम्स म्याकफेर्सनले जारी विज्ञप्तिमा भनेका छन्, ‘उनीहरुको मिहिनेतप्रति आभार छु र उनीहरुको सुरक्षाका लागि समर्थन गर्नेछु।’
ती नाविक थिओडर रुजवेल्टका अमेरिकी विमान वाहकहरुको सम्पर्कमा आएका थिए । रुजवेल्टका ४,८०० चालकदल मध्ये १२५ मा कोरोना भाइरसको स्पष्ट लक्षण पुष्टि भएको छ । यो रिपोर्टबाट अमेरिकी सेनामा महामारीले कसरी असर गरिरहेको छ भन्ने बुझ्न सकिन्छ ।
अमेरिकी अधिकारीहरुले रोयटर्ससँग थप ४ संक्रमित चालकहरु अस्पताल भर्ना गरिएका बताएका छन्।
हाल उनीहरुको स्वास्थ्य स्थिर छ । उनीहरू रहेको सो आणविक शक्तिवाहकमा रहेका थप ५ सय ८५ मा समेत संक्रमण देखिएको छ ।
यसमध्ये ४ सय २८ मा लक्षण नदेखिएपनि संक्रमित छन् भने बाँकी १ सय ५७ मा कोरोना लक्षण देखिएको जानकारी अधिकारीले दिएका छन्।
कोरोना संक्रमण हुने डरका कारण सोमबारबाट बाँकी विमान भने समुन्द्र तट मै रहने घोषणा गरिएको छ । अमेरिकी कमान्डर वाइस एडमिरल एन्ड्रयू लुइसका अनुसार वाहक र उनीहरुका परिवारलाई भने तीन हप्तामा जानकारी दिइनेछ । एजेन्सी










