विश्वमा ४ लाख ७८ हजार कोरोनाभाइरस संक्रमित निको भएर घर फर्किए
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका चार लाख ७८ हजार ३ सय २६ जना उपचारपछि निको भएका छन् ।
कोरोनाको संक्रमणबाट एक लाख २६ हजार ५ सय ३८ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १९ लाख ९६ हजार ९ सय ६९ पुगेको छ ।
विश्वका २ सय १० देशमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १३ लाख ९२ हजार १ सय ५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये ५१ हजार ५ सय ९५ जनाको अवस्था गम्भीर छ ।
बितेको २४ घण्टाको अवधिमा मात्रै ७३ हजार ३२ नयाँ संक्रमित थपिएका छन् । ६ हजार ९ सय २० जनाको ज्यान गएको छ ।
सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ४९ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २५ हजार ९ सय ८९ पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये ३८ जार ७ सय २१ जना उपचारपछि निको भएका छन् । १३ हजार ४ सय ७३ जनाको अवस्था गम्भीर रहेको छ । ५ लाख ४७ हजार ६ सय १० जना उपचाररत छन् ।
स्पेनमा संक्रमितमध्ये ६७ हजार ५ सय ४ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ८८ हजार ३ सय १ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
इटालीमा एकैदिन ६ सय २ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २१ हजार ६७ पुगेको हो । इटालीमा एकैदिन २ हजार ९७२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ६२ हजार ४८८ पुगेको छ ।
इटालीमा संक्रमितमध्ये ३७ हजार १३० जना उपचारपछि निको भएका छन् । ३ हजार १८६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । १ लाख ४ हजार २९१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
बेलायतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ९३ हजार ८७३ पुगको छ । जसमा एकै दिन ७७८ जना संक्रमित भएको जनाइएको छ ।
बेलायतमा संक्रमितमध्ये ३४४ जना उपचारपछि निको भएका छन् । १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । संक्रमितमध्ये ८१ हजार ४२२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।










