एक दम्पतीले आफ्नो छोराको नाम लकडाउन राखे

राजस्थानका एक दम्पतीले आफ्नो छोराको नाम लकडाउन राखेका छन् । लकडाउनका कारण भारतको उत्तरपूर्वी राज्य त्रिपुरामै अड्किएका उनीहरुले छोराको नाम लकडाउन राखेको हो ।
कोरोना भाइरसको महामारी र लकडाउनको कारण धेरै समस्या भोग्नु पर्यो । लकडाउनका बिच नै हाम्रो बच्चा छ दिन पहिला सरकारी अस्पतालमा जन्मियो । अहिले उ ठीक छ नवजात शिशुका बुबा सन्जय बाउरीले संवाददाताहरुलाई भने ।
उनीहरू राजस्थानबाट व्यापारको सिलसिलामा त्यहाँ पुगेका थिए । हरेक बर्षको छ महिनाको लागि सन्जय र उनकी पत्नी मञ्जु प्लास्टिकका सामान बेच्न त्रिपुरा पुग्ने गर्छन् ।
यस पटक भने उनीहरूले निक्कै नयाँ र फरक अनुभव गर्नुपर्यो। मञ्जु गर्भवती भएकाले संजय सडक तथा रेलबाट आफ्नो गाँउ जाने खतरा नमोली त्यही बसे।
यस्तैमा मार्च २४ मा देशव्यापी लकडाउनको घोषणा भयो । यस घोषणाले उनीहरुलाई तनाव बनायो।
त्यसपछि उनीहरु बदरघाटमा रहेको अग्रताला रेलवे स्टेसनमा पुगे। तर रेल बन्द भएका कारण उनीहरू अन्य ६१ जना आप्रवासी व्यापारीसँगै त्यही रोकिनुपर्यो । यसरी रोकिएका सन्जयलाई रेलवेका अधिकारीहरुले राम्रो मद्दत गरे।
उनीहरूकै सहयोगमा त्यहाँको सरकारी अस्पतालमा उनीहरूको छोरा जन्मियो । त्यसपछि उनीहरूले लकडाउनमा छोरा जन्मिएकाले छोराको नाम लकडाउन राख्ने निर्णय गरेका हुन् । उनी कर्मचारीहरूले आफूलाई गरेको सहयोगप्रति आभारी छन्। एजेन्सी










