राष्ट्रपति भवनका कामदारमा देखियो कोरोना, १ सय २५ परिवार सेल्फ आइसोलेसनमा
भारतको राष्ट्रपति भवनमा काम गर्ने एक जनामा कोरोना भाइरस संक्रमण् देखिएको छ । राष्ट्रपति रामनाथ कोविन्दको कार्यालय र आवासमा काम गर्ने एक जनामा कोरोना संक्रमणको पुष्टी भएपछि भवनको गेट नम्बर ७० नजिकैका १२५ परिवारलाई पनि सेल्फ आइसोलेसनमा बस्न भनिएको छ ।
भारतीय सञ्चारमाध्यम एएनआइका अनुसार भवनमा एक सय बढी कामदार रहेका छन् । भारतमा कोरोनाभाइरसको संक्रमण सबैभन्दा महाराष्ट्रपछि दिल्लीमा छ । दिल्लीमामात्र मंगलबार बिहानसम्म २५ सय संक्रमित छन् ।
भारतभर भने संक्रमितको संख्या १८ हजार नाघिसकेको छ भने ५ सय ९०को मृत्यु भइसकेको छ । एजेन्सी










