भारतमा एकैदिन ५३ जनाको मृत्यु, कोरोना संक्रमितको संख्या २० हजार बढी

हेटौडा न्युज
१० बैशाख २०७७, बुधबार १३:५३
;

भारतमा कोरोना भाईरसको संक्रमणबाट एकैदिन ५३ जनाको मृत्यु भएको छ । वर्ल्डओमिटरका अनुसार भारतमा बुधबार बिहानसम्म संक्रमितको संख्या २० हजार नाघेको छ । 

मंगलबार एकै दिन १५ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये अहिलेसम्म ३९ सय ७५ जना उपचारपछि ठिक भएका छन्।

भारतमा सबैभन्दा बढी महाराष्ट्रमा कोरोना संक्रमण फैलिएको छ। त्यसपछि राजधानी नयाँ दिल्ली कोरोना संक्रमणबाट प्रभावित छ।

कोरोना संक्रमण नियन्त्रण गर्न भारतमा एक महिनादेखि लकडाउन छ। गत मार्च २५ देखि सुरु भएको लकडाउन मे ३ सम्म जारी रहने घोषणा सरकारले गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*