भारतमा कोरोना संक्रमितको संख्या २१ हजार बढी, ६ सय ८१ को मृत्यु
पछिल्लो २४ घण्टामा भारतमा १ हजार ४ सय ८६ जनालाई कोरोना भाइरस संक्रमिण फेला परेका छन् । यससँगै भारतमा कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ९७ पुगेको छ ।
त्यस्तै भारतमा एकैदिन कोरोनाको कारण ४९ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट ६ सय ८१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय गुजरात राज्यमा कोरोना भाइरस संक्रमण तीव्र रुपमा हुन थालेको छ । अहिलेसम्म गुजरातमा २४ सय जना संक्रमित छन् । गुजरात कोरोना भाइरसबाट प्रभावित भारतको दोस्रो राज्य बनेको छ । पाँच दिनअघिसम्म गुजरात छैटौं नम्बरमा थियो ।
भारतमा कोरोना भाइरसबाट सबैभन्दा प्रभावित राज्य भने अहिलेसम्म महाराष्ट्र नै छ, जहाँ ५६५२ जना संक्रमित छन्। कोरोना भाइरस संक्रमण ४३० जिल्लामा फैलिएको छ । यसमा ४५ प्रतिशतभन्दा बढी संक्रमित दिल्ली, मुम्बई जनस्ता ठूला सहरमा संक्रमित छन्। मुम्बईमा ३ हजार र दिल्लीमा दुई हजार संक्रमित देखिएको अधिकारीहरुले बताएका छन्।










