थप १० नेपालीमा कोरोना संक्रमण, संक्रमितको  संख्या ६१ पुग्यो

हेटौडा न्युज
१८ बैशाख २०७७, बिहीबार ००:५१
;

कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ६१ पुगेको छ । खाडी मुलुक कुवेतको स्वास्थ्य मन्त्रालयले थप १० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमित नेपालीको संख्या बढेर ६१ पुगेको हो ।  

पछिल्लो समयमा थप १० नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

कुवेतमा कोरोना भाइरसबाट गत २४ घन्टामा थप ३०० जना नयाँ संक्रमित बढेसँगै कोरोना संक्रमितको संख्या ३७ सय ४० पुगेको छ। थप २ सय १३ सहित १३ सय ८९ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् ।

संक्रमित २ हजार ३ सय २७ को सामान्य उपचार भैरहेको त्यसमध्य ६६ जनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोनाका कारण कुवेतमा १ जनाले ज्यान गुमाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*