२ सय ४५ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि

बहराइनमा हालसम्म २ सय ४५ नेपालीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। नेपालीको प्रमुख श्रम गन्तव्य रहेको बहराइनमा पछिल्लो एक साताको अवधिमा ८८ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।
मनमास्थित नेपाली दूतावासका अनुसार यही वैशाख १९ गतेसम्म बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १ सय ५७ थियो।
दूतावासले मङ्गलबारसम्म बहराइनमा एक हजार ९ सय ५० मा कोरोना सङ्क्रमण पुष्टि भइसकेकोजनाएको छ । सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १ हजार ७ सय ६२ पुगेको छ ।
बहराइनमा कोरोना सङ्क्रमणबाट ८ जनाको ज्यान गएको छ।










