भारतीय सांसद सेंगरलाई लाई आजीवन कारावास

हेटौडा न्युज
४ पुष २०७६, शुक्रबार २२:३७
;

भारतीय सांसद कुलदीप सेंगरलाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ । बलात्कार अभियोगमा दोषी ठहर भएका सेंगरलाई शुक्रबार दिल्ली अदालतले आजीवन कारावाससहित २५ लाख जरिवाना तोकेको हो ।

उनी भारतीय जनता पार्टीका नेता समेत रहेका थिए । २०१७ मा उत्तर प्रदेशको उन्नाओस्थित कानुन क्याम्पसकी छात्रामाथि बलात्कार गरेको अभियोग उनी माथि थियो ।

जिल्ला न्यायाधीश धर्मेश शर्माका अनुसार कुलदीपले एक महिनाभित्रै २५ लाख जरिवाना बुझाउनु पर्नेछ । सेंगरले एक सार्वजनिक सेवकको रुपमा जनताको विश्वासलाई धोका दिए । उनले परिस्थितिलाई न्युनिकरण गरेको पाइएन, न्यायाधीशले उनको निवेदन अस्वीकार गर्दै भने ।

यस्तै अदालतले पीडितका परिवारलाई सेंगरले १० लाख रकम थप क्षतिपुर्ति दिनुपर्ने बताएको छ । सेंगरसँगै अर्का आरोपी शशी सिंहलाई अदालतले निर्दोष सावित गरेको छ । दिल्लीस्थित हजारी अदालतले सेंगरमाथि फैसला सुनाएको हो । यसअघि पीडितले सेंगरविरुद्ध लखनउ अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

तीन वर्षसम्म मुद्दा छिनोफानो नभएपछि पीडित युवातीले आत्मदाह गर्ने चेतावनी दिएपछि सेंगरमाथिको मुद्दाले तिव्रता पाएको हो । अभियुक्त सेंगरलाई राज्यले नै संरक्षण दिएको आरोप पीडित युवतीको थियो ।

न्यायका लागि तीन वर्षको संघर्षको दौरानमा पीडितका बावुको शंकास्पद रुपमा मृत्यु भएको थियो । पीडितमाथि पनि बारम्बार ज्यान मार्ने धम्की आएपछि ज्यान रक्षाको लागि आग्रह गरेकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*