झारखण्ड विधान सभा निर्वाचनः झारखण्ड मुक्ति मोर्चाको गठबन्धनको अग्रता
विधान सभा निर्वाचन झारखण्डमा झारखण्ड मुक्ति मोर्चाको गठबन्धनले अग्रता लिएको छ । कंग्रेस र आरजेडीले मोर्चासंग गठबन्धन गरेको थिए ।
८१ सिटका लागि भएको निवार्चनमा मोर्चाले ४८ स्थानमा अग्रता लिएको छ । गठबन्धनले ८ स्थानमा जितिसकेको छ भने ३८ स्थानमा अग्रता लिइरहेको छ ।
अघिल्लो निर्वाचन भन्दा २१ स्थान बढी ठाउँमा यो गठबन्धनले अग्रता लिइरहेको छ । झारखण्डमा सरकार चलाइरहेको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) भने नराम्रो गरी पराजित हुने भएको छ ।
यहि अग्रतालाई आधार माननेहो भने मोर्चाको प्रष्ट बहुमत आउने संकेत देखिन्छ । मोर्चाको बहुमत आएको खण्डमा मोर्चाका कार्यकारी अध्यक्ष हेमन्त सोरेन मुख्यमन्त्री बन्ने निश्चित हुनेछ ।
गठबन्धनका अन्य नेताहरुले सोरेन नै मुख्यमन्त्री हुने जनाइसकेको छन् ।